ग्रास रुट फुटबल प्रतियोगिता जारी

968

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित लेखाली चौरमा भइरहेको १० र १३ वर्षमुनिको ग्रास रुट फुटबलमा आइतवार पनि विभिन्न खेल सम्पन्न भएका छन् ।

प्रतियोगितामा १० वर्ष मुनिको पहिलो खेलमा ब्राइट फ्यूचर आवासिय विद्यालयले अक्सफोर्ड आवासिय विद्यालयलाई शुन्यका विरुद्ध चार गोल गर्दै पराजित गरेको छ । दोस्रो खेलमा पे्रमज्योति आधारभूत विद्यालयलाई एभरेष्ट आवासिय विद्यालयले ४–शुन्य गोलले नै हराएको छ ।

त्यस्तै रकभेल आवासिय विद्यालय खेल खेल्न नआएपछि तेसं्रो खेलमा भने एकतर्फी रुपमा तीन गोल गर्दै कालिन्जोर आवासिय विद्यालय बिजयी भएको छ । जितसँगै कालिन्जोरले तीन अंक पाएको छ । अन्तिम तथा चौंथो खेलमा अक्सफोर्ड आवासिय विद्यालयलाई एकका विरुद्ध ६ गोल गर्दै न्यूएरा आवासिय विद्यालय बिजयी भएको छ ।

यसैगरी १३ वर्षमुनिको खेलमा पनि आज ४ वटै खेल भएका छन् । जस अन्तर्गत पहिलो खेलमा पनि रकभेल नआएपछि न्यूएरा तीन गोल गर्दै तीन अंक नै बटुल्न सफल भएको छ । अन्य खेलमा आइडिएल र कालिन्जोरले दुई–दुई गोलको बराबरी खेलका छन भने एभरेष्टले ब्राईट फ्यूचरलाई ४–० र अक्सफोर्डले न्यूएरालाई ६–१ गोलले पराजित गरेका छन् । ८ विद्यालय सहभागी प्रतियोगितामा सबै विद्यालयबीच एक–अर्कासँग प्रतिस्पर्धा गराएर सबै भन्दा बढी अंक ल्याउने विद्यालयलाई बिजेता बनाइने आयोजकले जनाएको छ ।

बिजेतालाई शिल्ड तथा मेल प्रदान गरिने आयोजक सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुसलिङले जानकारी दिए ।