चापिनी युवा क्लबले दियो विद्यार्थीलाई ट्रयाक सुट

692
विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेपछि कार्यक्रममा अतिथिसहित तस्बिर खिचाइँदै । (तस्बिर : उज्यालो अभियान)


हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, स्थित चापिनी युवा क्लबले स्थानीय चुरे जनता प्राविमा अध्ययनरत विद्यार्थीहरुहरुलाई जाडोमा लगाउने न्यानो ट्रयाकसुट वितरण गरेको छ ।

शनिबार बिहान एक कार्यक्रमबीच क्लबले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको हो । क्लबका अध्यक्ष युगल सुवेदी (जीवन) को अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य डिल्लीप्रसाद उपे्रतीको प्रमुख आतिथ्यता रहेको थियो । चापिनी युवा क्लबका सदस्य नेपालका चर्चित चलचित्र निर्देशक प्रदिप भट्टराई, व्यवसायीहरु निर्मल सुवेदी तथा विक्रम महत लगायतको आर्थिक सहयोगमा विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको क्लबका सचिव विनोद महतले जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता कमल बुढाथोकी, चुडामणि वाग्ले, नेपाली कांग्रेसका डोरप्रसाद भट्टराई, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहन श्रेष्ठ, सुमार्ग एकेडेमीका सञ्चालक सुदर्शन पोखरेल, चुरे प्राविकी शिक्षिका अर्चना लुईंटेल, कांग्रेस नेतृ सोनी लामा, महादेव जनता नमूना माध्यमिक विद्यालय हरिवनका प्रधानाध्यापक जयशंकर सिंह, भ्रमण वर्ष २०२० का जिल्ला सदस्य सचिन उपाध्याय लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला युवा परिषद्का अध्यक्ष एवं कांग्रेस युवा नेता निरज कार्की लगायत अतिथिहरुको उपस्थिती रहेको थियो ।

क्लबका सचिव विनोद महतको सञ्चालन रहेको कार्यक्रममा उपाध्यक्ष भवानी भण्डारीले स्वागत मन्तव्य राखेकी थिईन् ।