सडक कालोपत्रे माग्दै उखुको टायरमा अवरोध

127

हरिवन – सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगदेखि पूर्वतर्फको सडक कालोपत्रे गर्न स्थानीय वासिन्दाले माग गरेका छन् ।

हरिवनस्थित बाँसाटोलबाट उत्तर पटौना चापिनी जाने सडक लामो समयदेखि जिर्ण हुँदा आवातजावतमा समस्या हुनुका साथै धूलोको सास्ती बढेको भन्दै स्थानीयले कालोपत्रेको माग गरेका हुन् । एक महिना अघि ज्ञापन पत्र बुझाएर नगरपालिका र उद्योगको ध्यानाकर्षण गराईएको भएपनि वेवास्ता गरिएको स्थानीयको गुनासो छ ।

माग वेवास्ता भएपछि बिहिवार बाँसाटोलहुँदै उद्योगको उखु यार्डतर्फ जाने टायर गाँढाहरुलाई रोकिएको स्थानीय वासिन्दा सुरेन्द्र भट्टराईले जानकारी दिए । उक्त सडकमा ठूला ठूला खाडल भएकाले दुर्घटना समेत बढेको र गत वर्ष त एक मोटरसाईकल चालक खाडलमा फसेर दुर्घटनामा पर्दा उनको ज्यान समेत गएको भट्टराईले बताए ।