जाडाेबाट बच्न तापेकाे आगोले जलेर एक महिलाको मृत्यु, अर्की महिला घाईते

202
प्रतिकात्मक तस्बिर

बरहथवा – सर्लाहीमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाईते भएकी छिन् ।

बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमति देवी साहको अागाेले जलेर मृत्यु भएको हो । बुधबार दिउँसाे ४ बजे शरीरको पूरै भाग अागाेले जलेर गम्भीर घाईते भएकी राजमतिको जनकपुरमा उपचार हुँदाहँदै राती साँढे १० बजे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जाडाेबाट बच्नका लागि अाफ्नै घरकाे अाँगनमा बालेकाे अागाे तापिरहेकाे अवस्थामा राजमतिकाे पुरै शरिर जलेकाे ईलाका प्रहरी कार्यालय मुर्तियाले जनाएकाे छ ।

त्यस्तै विष्णु गाउँपालिका–१ निवासी राजन पासवानकी २५ वर्षीया श्रीमती सरस्वती पासवान जाडाेबाट बच्न तापिरहेकाे अागाेले जलेर घाईते भएकी छिन् । सरस्वतीकाे घुँडादेखि पेटसम्म अागाेले जलेकाे र सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जनाएको छ । चिसोबाट जोगिन लापरवाही किसिमले जथाभावी आगो बालेर ताप्ने गर्दा दुर्घटना बढेको भन्दै सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।