आगलागीबाट २१ लाख बराबरकाे क्षति

114

वयलबास – सर्लाहीकाे ईश्वरपुर नगरपालिका अन्तर्गत वयलबास बजारमा अागलागी हुँदा २१ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।

ईश्वरपुर नपा–६, बयलवास बजारस्थित हकिम मियाँको घरमा बुधबार राती आगलागी हुँदा उक्त क्षति भएकाे हाे । मियाँकै घरमा स्थानीय तस्विर अंसारीले सञ्चालन गरेको आर्ट पसलमा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएकाे छ । आगलागीबाट अंसारीको पसल सहित मियाँकाे घर पुर्ण रुपले जलेर नष्ट भएकाे छ भने मजहर हुसेन मिकरानीले सञ्चालन गरेको औषधि पसल समेत जलेर नष्ट भएकाे छ ।

ईलाका प्रहरी कार्यालय केशरगंजका अनुसार आगलागीबाट २१ लाख रुपैयां बराबरकाे धनमाल जलेर नष्ट भएकाे छ । सुरक्षाकर्मी र स्थानीयबासीकाे सकृयतामा अागाे नियन्त्रणमा लिईएकाले थप ठूलाे जनधनकाे क्षति हुनबाट जाेगिएकाे प्रहरीले बतायाे ।