इन्सपेक्टरलाई घुस दिन खोज्ने प्रहरी खोरमा

178

हरिवन – सर्लाहीको हरिवनमा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

सवारी सम्वन्धि मुद्दा मिलाईदिन भन्दै प्रहरी निरीक्षक सुवास भट्टराईलाई दस हजार रुपियाँ घुस दिन आएका बागमती नगरपालिका–८, सोल्टीका श्यामकुमार श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठलाई थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । वुधवार प्रहरी निरीक्षक भट्टराईकै कार्यकक्षमा आएर घुस दिन खोज्दा श्रेष्ठ पक्राउ परेका हुन् । जिल्लामा यसरी प्रहरीलाई घुस दिन आउँदा सेवाग्राही पक्राउ परेको घटना सम्भवतः पहिलो हो ।