मोटरसाइकलको ठक्करबाट पाँचजना घाईते

111

मलंगवा – मोटरसाइकलको ठक्करबाट सर्लाहीमा सोमवार पाँचजना घाईते भएका छन् ।

जिल्लाको चक्रघट्टा, पर्सा र बरहथवामा सोमवार दिउँसो भएको फरक–फरक मोटरसाइकल दुर्घटनामा परी पाँच जना घाईते भएका हुन् । चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरमा बीआर ३० एक्स ५७५५ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका कमल साहका १२ वर्षीय छोरा गुरु चारण साह गम्भीर घाईते भएका छन् । निधारमा गहिरो चोट लागेर घाईते बालकलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । त्यही दुर्घटनामा मोटरसाइकल चालक चक्रघट्टा गाउँपालिका–८ बस्ने ४० वर्षीय तेजा राउत र मोटरसाइकल पछाडि सवार तेजाका भतिज सात वर्षीय गौरीशंकर राउत घाईते भएका छन् । उनीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

त्यस्तै धनकौल–पर्सा सडक अन्तर्गत पर्सा गाउँपालिका–५, मा बीआर ३० वाई २४०३ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–१४, का ४० वर्षीय सवारक अंन्सारी घाईते भएका छन् । अन्सारीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बरहथवा नगरपालिका–१५, प्रिपा भित्तामा बीआर ३० डि ९२३३ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा त्यही ठाउँका ५८ वर्षीय भवानी खरेल घाईते भएका छन् । खरेलको बरहथवाको एक स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।