दुई दिने अन्तरक्रिया सम्पन्न

127

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१५ सुन्दरपुर चोहर्वामा दुई दिने वन तथा वातावरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

बरहथवा नगरपालिका–१५ वडा कार्यालयको सहयोगमा मुनाल सामुदायिक संस्थाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको बरहथावा नगरपालिकाका उप–प्रमुख सितादेबी माझीले उद्घाटन गरेको आयोजक संस्थाले जनाएको छ ।

१५ नम्बर वडाका वडाध्यक्ष रामबहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रमलाई सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागीलाई यादवले वातावरण प्रदुषण, जलवायु परिवर्तन र वन जंगल विनाशको बारेमा प्रशिक्षण दिएको थियो ।