बलरामा समाजवादीको पार्टी प्रवेश कार्यक्रम

350
कार्यक्रममा उपस्थित मन्त्री विजय यादव र अन्य अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

बलरा – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित क्षेत्र नम्वर ४ मा पर्ने बलरामा आइतवार समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम एवं आम सभा सम्पन्न भएको छ ।

समाजवादी पार्टीका नेता समेत रहनु भएका प्रदेश २ का आर्थिक मामिला मन्त्री विजय यादवको प्रमुख आतिथ्यतामा आधारभूत विद्यालय बलरा नगरपालिका–९, छतौनाको प्रांगणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अन्य पार्टीबाट ठूलो संख्यामा नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका नेताहरुले दावी गरेका छन् । समाजवादी पार्टी बलरा नगर समितिका अध्यक्ष जवाहार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका प्रतिनिधि सभा सदस्य रुहिनाज मिकरानी, प्रदेशसभा सदस्यहरु अशोक यादव, सञ्जय यादव, सञ्चमाया मोक्तान, जिल्ला अध्यक्ष विरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।