सर्लाहीमा नयाँ एसपी आए

660
शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयमा नयाँ एसपी विश्वमणि पोखरेललाई स्वागत गर्दै प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौर लगायत प्रहरी अधिकृतहरु ।

मलंगवा – सर्लाही प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले जिम्मेवारी सम्हालेका छन् ।

एसपी पोखरेलले शनिबारबाटै सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । केही दिनअघि प्रहरी प्रधान कार्यालयले गरेको काज सरुवा अनुसार एसपी पोखरेल प्रधान कार्यालय अन्तर्गतकै सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयबाट सर्लाही प्रमुखको रुपमा आएका हुन् ।

सर्लाहीका तत्कालिन प्रमुख एसपी गोपालचन्द्र भट्टराईको भने प्रहरी प्रधान कार्यालयको कानूनी शाखामा सरुवा भएको छ । १० महिना सर्लाही प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका एसपी भट्टराई शुक्रबार नै काठमाडौंतर्फ लागेका छन् ।