उवासंघ हरिवनद्वारा एसपीलाई बिदाई

308

हरिवन – उद्योग बाणिज्य संघ हरिवनले सरुवा भई जान लागेका सर्लाही प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) गोपाल चन्द्र भट्टराईलाई सम्मान सहित बिदाई गरेको छ ।

विहिबार दिउँसो हरिवन स्थित संघको कार्यालयमा आयोजित एक समारोहबीच अध्यक्ष मोहनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजन केसी लगायत संघका पदाधिकारीहरुले फूलमाला एवं खादा सहित एसपी भट्टराईलाई बिदाई गरेका हुन् । सोही अवसरमा एसपी भट्टराईलाई नेपालको नक्शा सहितको फ्रेम मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।

एसपी भट्टराईले सर्लाहीबासीको माया र सद्भाव आफूलाई अविस्मरणीय अनुभव भएको विचार व्यक्त गर्दै आगामी दिनमा पनि सर्लाहीको बारेमा आफू सकारात्मक सहयोग गर्न तयार रहेको बताए । एसपी भट्टराईको कार्यकालमा मिटर व्याजी आरोपी श्याम परदेसीलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाढी बढाईएको, सुरक्षा स्थितीमा सुधार ल्याईएको, लागु औषध जस्ता कारोवारी लाई नियण्त्रणमा लिई कार्वाही गरिएको जस्ता कामहरु भएकाले सम्मान सहित बिदाई गरिएको उवासंघ हरिवनले जनाएको छ ।

१० महिनाअघि सर्लाही प्रहरी प्रमुखको रुपमा आएका एसपी भट्टराइको केही दिनअघि प्रहरी प्रधान कार्यालयको कानुनी शाखामा काज सरुवा भएको छ । सर्लाही प्रमुखको रुपमा भने प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा ब्यवस्थापन निर्देशनालयका एसपी बिश्वमणि पोखरेल सर्लाही आउँदै छन् ।