सिन्धुलीको हरिहरपुरगढीमा पनि महिला र्याली

254
१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत मंगलबार दिउँसो हरिहरपुरगढी गापाको झनझने बजारमा निस्किएको र्याली । (तस्बिर : उज्यालो अभियान)

हरिहरपुरगढी – १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका कार्यालयले समेत मंगलबार कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार दिउँसो हरिपुरगढी गाउँपालिका–२ झनझने स्थित गाउँपालिका कार्यालयमा महिलाहरुको भेला एवं ¥याली सहित लैंगिक हिंसा विरुद्धको अभियान समापन गरिएको गाउँपालिका अध्यक्ष कारसाङ लामाले जानकारी दिए । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मुल नारा सहित गत मंसिर ९ गतेबाट सुरुभएको अभियानको मंगलबार समापन गरेको गाउँपालिका कार्यलयले जनाएको छ ।

लैंगिक हिंसा समापन गर्न सबैले आ आफ्नो घरबाट नै अभियान सूरुगर्नु पर्ने कार्यक्रमका अधिकांश बक्ताहरुको जोड थियो । ३ नम्बर प्रदेश सभा सदस्य बुद्धिमान माझीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष कारसाङ लामाले अध्यक्षता ग्रहण गरेका थिए । कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिता राईले स्वागत मन्तब्य राखेकी थिईन् ।

कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका–४ का वडाध्यक्ष कमल कुमार राई, गाउँपालिका कार्यलयका निमित्त प्रशासकीय अधिकृत चन्द्र प्रसाद पहाडी, नेकपाका हरिहरपुरगढी गाउँपालिका अध्यक्ष मान बहादुर वाईवा, नेपाली कांग्रेसका नेता गोरखबहादुर राई, जनजाती महासंघ हरिहरपुरगढी गापा अध्यक्ष निरबहादुर मोक्तान, जनप्रभात निमावि शिक्षक प्रेम पहाडी, हरिहरपुरगढी प्रहरी चौकीका ईन्चार्ज असई लालबाबु कामत लगायतले मन्तव्य राखेका थिए । लैंगिक हिंसा विरुद्धको ¥यालीले झनझने बजार परिक्रमा गरेको थियो ।