नेपाली कांग्रेस लालबन्दीको समायोजन

लालबन्दी – सर्लाहीको लालबन्दीमा सोमवार नेपाली काँगे्रसको समायोजन भेला सम्पन्न भएको छ ।

पछिल्लो पटक स्थानीय तह कार्यान्वयनमा आएपछि पार्टीको नगर स्तरीय समायोजना भेला सम्पन्न गरिएको हो । साबिक लालबन्दी, जब्दी र पत्थरकोट मिलेर लालबन्दी नगरपालिका घोषणा हुँदा गठन भएको नगर कार्य समितिलाई नै सोमवारको भेलाले निरन्तरता दिने निर्णय गरेको छ । जस अनुसार पार्टीको नगर सभापति प्रशान्त आचार्य नै रहने छन् ।

लालबन्दी नगरपालिकामा पछिल्लो पटक साबिकका नारायणखोला, नेत्रगञ्ज, रानीगञ्ज र परवानीपुर गाविस थपिएका थिए । सोमवारको भेलाले ती चारै वटा गाउँ कार्य समितिलाई वडा समितिमा रुपान्तरण गरेको छ । जस अनुसार लालबन्दी १ मा नारायण पोखरेल, २ मा ऋषि राई, १४ मा वुद्धिमान घलान, १५ मा कैलाश कार्की र १६ मा बमबहादुर बस्नेतलई वडा सभापतिको जिम्मेवारी दिइएको छ । भेलामा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसद रामचन्द्र चौधरी र जिल्ला सभापति नागेन्द्र रायले मन्तव्य राखेका थिए ।