ईन्दुशंकर चिनी उद्योगले डोंगा पूजा गर्यो

202

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा रहेको ईन्दुशंकर चिनी उद्योगले सोमबार डोंगा पूजा गरेको छ ।

चालु सिजनमा उद्योग सञ्चालन गर्नका लागि सोमबार डोंगा पूजा गरेर साईत जुराईएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए । उखुको मुल्यका विषयमा कुरा मिल्ने वितिकै उद्योग सञ्चालन गर्न सकिने उनले बताए ।

बिहान पौने ११ बजे भएको पूजामा उद्योगका सञ्चालक राजेश केडिया, प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, उपमेयर रेणुका पौडेल, नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली, उखु किसान नेता राजकुमार उप्रेती लगायत किसान नेताहरुको उपस्थिती रहेको उद्योगले जनाएको छ । डोंगा पूजाको अवसरमा उद्योगले सोमबारबाटै उखु क्रसिङ टेष्ट गरेको छ । अब किसानले उखु ल्याए निरन्तर क्रसिङ गर्न सकिने उद्योग व्यवस्थापनको भनाई छ ।