ईकाई प्रमुख पोखरेलको बिदाई

209
इकाई प्रमुख पोखरेललाई माला र अबिर पहिर्याएर बिदाई गरिँदै । (तस्बिर : उज्यालो अभियान)

चन्द्रनगर-सर्लाहीको चन्द्रनगरमा आइतवार शिक्षा विकास तथा समन्वय इकाई मलंगवाबाट सरुवा भएका चेतकुमार पोखरेलको बिदाई गरिएको छ ।

नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँ समितिले पोखरेललाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै बिदाई गरेको हो । महासंघको गाउँपालिका समिति अध्यक्ष सरोजकुमार सिंहको अध्यक्षता एवं महासंघकै जिल्ला अध्यक्ष नरेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष लिलाकुमार बानियाँ, नेपाल शिक्षक संघका कार्यवाहक जिल्ला अध्यक्ष यमनाथ उपे्रती, संघका पूर्व जिल्ला अध्यक्ष जयरुद्र मिश्र, चन्द्रनगर गाउँपालिका भित्रका प्रधानाध्यापक, महासंघका पदाधिकारी लगायत सहभागी भएका थिए ।

चिकित्सा सेवा आयोग भक्तपुरमा सरुवा भएका पोखरेललाई शनिवार नेपाल शिक्षक संघ सर्लाहीले हरिपुरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको थियो ।