रामजानकी साना किसानको ७ औँ साधारण सभा सम्पन्न

207

बागमती – सर्लाहीको बागमतीमा रहेको श्री राम जानकी साना किसान कृषि सहकारी संस्था लि. को ७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार बिहान बागमती नगरपालिका–२ धरहरा स्थित बजारमा आयोजित सभामार्फत संस्थाको साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको हो । सभाको कार्यक्रमका प्रमुख अतिथी तथा २ नम्बर प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।

संस्थाले आर्थिक बर्ष २०७५÷०७६ मा ३ करोड १३ लाख ७२ हजार ३ सय ७५ रुपैया ७ पैसा बराबरको कारोवार गरेको जनाएको छ । उक्त कारोवारबाट संस्थाले ७ लाख ४४ हजार ६ सय २७ रुपैया ७१ पैसा बराबरको खुद् मुनाफा गरेको संस्थाकी अध्यक्ष अन्जु पौडेलले जानकारी दिईन् ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले संस्थाले बिगत स्थापना कालदेखीनै कृषकको हकहितमा रहेर कामगर्दै आएको बताईन् । संस्थाले धरहरा चोक स्थित एक कृषि पसल संचालन गरी संस्थाका शेयर सदस्यहरुलाई सहुलिएतमा बिउ बिजन तथा खाद मल समेत बिक्री बितरण गर्दै आएको छ ।

संस्थाले यूवा स्वरोजगार कार्यक्रम मार्फत शेयर सदस्यहरुको आर्थिक उपार्जनमा समेत टेवा पु¥याई रहेको प्रतिबेदन सभामार्फत प्रस्तुत गरिएको थियो । साथै संस्थाकी अध्यक्ष पौडेलले सभा समक्ष संस्थाको कार्य प्रगती समेत संक्षेपमा पेश गरेकी थिइन् ।

संस्थाले सोही सभामार्फत संस्था यूवा स्वरोजगार सम्मान मार्फत विभिन्न पेसा ब्यवसायमा आवद्ध १२ जनालाई सम्मान गरिएको थियो । भने, संस्थाका जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम अन्तरगत १० जना बृद्ध बृद्धाहरुलाई सम्मान गरिएको संस्थाले जनाएको हो ।

कार्यक्रममा बागमती नगरपालिका कार्यलयकी उप–प्रमुख लिला कुमारी मोक्तान र साना किसान विकास वित्तिय संस्था लि. ईलाका कार्यलय बर्दिवासका प्रवन्धक लिलाधर धिताल विशिष्ठ अतिथि र राष्ट्रिय सहकारी बैंक हरिवनका प्रमुख सरोज सापकोटा, नेकपा नेता बसन्त राज भट्टराई, बागमती नगरपालिका वडा नम्बर –२ का वडाध्यक्ष दिपक लामा, गौरिशंकर साना किसान सहकारीका जगदिश महतो, साना किसान कृषि सहकारीका कर्मैयाका अध्यक्ष हरि प्रसाद पुडासैनी, प्रवन्धक हेट बहादुर प्रधान लगाएतको आतिथ्यता रहको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा २ नम्बर प्रदेश सांसद उप्रेतिले ऋण लिएर मात्र हैन सिप अनुसार ब्यवसायीक रुपमा कुनै पनि पेसा वा ब्यवसायमा लागेमात्र सम्पन्न हुन सकिने बताए । साथै आफ्नो इच्छा र क्षमता अनुसार कृषि वा अन्य क्षेत्रमा लगानी गर्न सकेमात्र आत्मनिर्भर हुन सकिने भन्दै त्यसतर्फ जोडदिन समेत आग्रह गरे ।