हरिवनको घुर्कौलीमा एक घर जलेर खरानी

252
प्रतिकात्मक तस्बिर

हरिवन – सर्लाहीको हरिवनमा शनिबार दिउँसो आगलागीबाट एक घर जलेर खरानी भएको छ ।

हरिवन नगरपालिका–५, घुर्कौली स्थित जाकिर अन्सारीको घर जलेर नष्ट भएको हो । आगलागीबाट घरभित्र रहेको सम्पूर्ण धनमाल समेत जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । आगलागीबाट घर तथा घर भित्र रहेका अनाज, लत्ता कपडा लगायत सरसामान गरी १४ लाख रुपैंया बराबरको क्षति भएको बताईएको छ ।

विद्युुत सर्ट भई आगो लागेको स्थानीय बासिन्दाले बताएका छन् । हरिवन नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय वासिन्दाको सकृयतामा आगो नियन्त्रणमा लिईएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्रै विद्युत् सर्ट भएर आगलागी हुँदा हरिवन नगरपालिका–१, कोठीखोलाका दुर्गाबहादुर घिसिङको घर जलेर खरानी भएको थियो ।