चन्द्रपुर आधारभूत विद्यालयमा कम्प्यूटर कक्षा सुरु

87

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा रहेको आधारभूत विद्यालयमा सुक्रवारबाट कम्प्यूटर कक्षा सुरु भएको छ ।

वडा कार्यालयले उपलब्ध गराएको पाँच थान कम्प्यूटरबाट कक्षा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य उदय पाख्रिनले जानकारी दिए । लालबन्दी नगरपालिका–१०, का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले सुक्रवार बिहान एक कार्यक्रमका बीच कम्प्यूटर कक्षाको उद्घाटन गरे । वडा कार्यालयकै सहयोगमा केही साता अघिबाट सो विद्यालयमा सीसी टिभी जडान गरी प्रयोगमा ल्याइएको थियो ।