आगलागीबाट घर जलेर नष्ट

149
प्रतिकात्मक तस्बिर

हरिवन– सर्लाहीको हरिवन नगरपालिका–१, कोठी खोलामा विद्युत् सर्ट भएर आगलागी हुँदा एउटा घर जलेर खरानी भएको छ ।

बिविहार साँझ भएको आगलागीबाट स्थानीय दुर्गाबहादुर घिसिङको घर जलेर नष्ट भएको हो । पीडितका अनुसार आगोमा परेर घरसहित घरभित्र रहेको एक लाख रुपियाँ नगद, अन्नपात, भाडा, कपडा, फर्निचर लगायत सबै सरसामान जलेर ध्वस्त भएको छ । यसैबीच सुक्रवार बिहान अज्ञात व्यक्तिले आगजनी गर्दा मलङ्गवा नगरपालिका–१२, गम्हरीयाका लालबाबु राय यादवको खेतमा राखिएको १५ क्यून्टल धान जलेर खरानी भएको छ । धानमा आगजनी भएको घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।