१३ औँ स्वास्थ्य स्वयंमसेविका दिवस बागमतीमा पनि मनाईयो

बागमती – “गाउँ नगरमा महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य प्रवर्धनमा अहम भुमिका” भन्ने नारा सहित सर्लाहीको बागमतीमा पनि १३ औँ स्वास्थ्य स्वयंम सेविक दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।

राष्ट्रिय महिला स्वयंम सेविका दिवसको अवसर पारेर बिहिवार बागमती नगरपालिका–४ र ८ मा गरी दुई स्थानमा बिभिन्न कार्यक्रम सम्पन्न गरिएको हो । बागमती नगरपालिका कार्यलय स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका भित्रका सम्पुर्ण स्वास्थ्य स्वयंम सेविकाहरुको सहभागीतामा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको बागमती नगरपालिका स्वास्थ्य शाखा उप–प्रमुख पदम बहादुर रायमाझीले जानकारी दिए ।

बागमती नगरपालिका कार्यलय स्वास्थ्य शाखा संयोजकको अध्यक्षतामा आयोजित कार्यक्रम पुर्व बागमती नगरपालिका कार्यलयबाट पुतली चोक हुदै नगरपालिका कार्यलय सम्म स्वास्थ्य स्वयम सेविकाहरुले ¥याली निकालेका थिए । भने, शंकरपुरमा आयोजित कार्यक्रममा महिला स्वयमसेविकाहरुको ¥यालीले सोल्टी बजार परिक्रमा गरेको आयोजकले जनाएको छ । कार्यक्रममा स्वास्थ्य स्वयंमसेविकाहरुको काम कर्तब्यको बारेमा अन्तरकृया गरिएको थियो ।

बागमती नगरपालिका कार्यलयको सभाहलमा भएको कार्यक्रममा बेल्दै नगरपालिका उप प्रमुख लिला कुमारी मोक्तानले महिला स्वयमसेविकाहरुले स्वास्थ्य सचेतनामा नगरमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरेकी थिईन् । बागमती नगरपालिका स्वास्थ्य शाखा संयोजक रामेश्वर सिङको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख मोक्तान, स्वास्थ्य शाखा सदस्य संन्त बहादुर बि.क, शाखाका कर्मचारी, जनप्रतिनिधी, ६८ जना स्वास्थ्य स्वयम सेविका लगाएको सहभागीता रहेको थियो ।