वडाध्यक्षद्वारा सपथ ग्रहण

71

हरिपूर्वा–सर्लाहीको हरिपूर्वा नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष श्यामबाबु रायले वुधवार सपथ ग्रहण गरेका छन् ।

उपनिर्वाचनमा मुख्य निर्वाचन अधिकृत भई खटिएका जिल्ला न्यायधिश कृष्णराम कोइरालाले जिल्ला अदालत मलंगवामा वुधवार बिहान वडाध्यक्ष रायलाई सपथ ग्रहण गराएका हुन् । गत शनिवार सम्पन्न उपनिर्वाचनमा तीन सय ४७ मत प्राप्त गरी समाजवादी पार्टीका उम्मेदवार राय वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष रायको सपथ ग्रहणमा प्रदेश सभा सदस्य सन्जय राय, समाजवादी पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्र रायलगायतको उपस्थित भएका थिए । नवनिर्वाचित वडाध्यक्ष राय आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै घरदैलोमा हिँडिरहेका छन् ।