नालाभित्र भेटियो भारतीय बालकको शव

118

मलंगवा – सदरमुकाम मलंगवामा एक भारतीय बालकको शव भेटिएको छ ।

दुई वर्षीय बालक सुवास नटको शव विहिबार दिउँसो भेटिएको हो । भारत सितामाढी निवासी आवास नटका छोरा सुवास मामाघरबाट गत मंगलबारदेखि हराइरहेका हराएका थिए । मलंगवा नगरपालिका– १ भेडियाही स्थित मामाघर बस्दै आएका सुवासको घर नजिकैको नाला भित्र खसेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

कसैले हत्या गरेको नभई खेल्ने क्रममा बालक आफै नालाभित्र खसेको प्रहरीले अनुमान गरेको छ । हाल बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा राखिएको र पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाईने प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।