नारायण मावि क्वीन्स कपको फाइनलमा

96

सर्लाही-क्वीन्स कप राष्ट्रिय छात्र फुटबलमा सर्लाहीको नारायण जनता माध्यमिक विद्यालय पत्थरकोट फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार सम्पन्न सेमीफाइनल खेलमा वल्डर ल्याण्ड अङ्गे्रजी आवासिय विद्यालय झापालाई शुन्यका विरुद्ध एक गोल गर्दै नारायण जनता मावि उपाधि नजिक पुगेको हो । विद्यालयलाई फाइनलमा पु¥याउन जर्सी नम्वर ३ का विजय घलानले एक मात्र निर्णायक गोल गरे । नारायण जनता माविले प्रतियोगिताको उपाधिका लागि बिहिवार पोखराको सैनिक आवासिय विद्यालयसँग प्रतिस्पर्धा गर्नेछ । लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित जियाजोरमा रहेको यो विद्यालय जिल्ला तथा प्रदेश स्तरीय खेलमा बिजेता हुँदै राष्ट्रिय प्रतियोगितामा छानिएको हो ।

काठमाण्डौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी सो प्रतियोगिता, माध्यमिक विद्यालय स्तरको सबै भन्दा ठूलो प्रतियोगिता हो । प्रतियोगितामा हालसम्म सबै खेल जितेर आफ्नो विद्यालय फाइनलमा प्रवेश गरेपछि नारायण जनता माविका शिक्षक, अभिभावक र विद्यार्थीले खुसी व्यक्त गरेका छन् । विद्यार्थी खेलाडीलाई हौसल्ला प्रदान गर्न आफू नै खेल सुरु भएदेखि नै काठमाण्डौंमै बसिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण गुर्मछानले बताए ।