मोटरसाइकलको ठक्करबाट घाईते

सांकेतिक तस्बिर ।

सर्लाही –सर्लाहीको पर्सा गाउँपालिका–६, मा आइतवार दुई वटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाईते भएकी छिन् ।

हुलाकी राजमार्गमा ज १२ प १५६९ र बीआर ३० आर ५३२५ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा भारतीय नम्वरको मोटरसाइकलका चालक महोत्तरीको औरही गाउँपालिका–७, का ४० वर्षीय साजन मुखिया गम्भीर घाईते भएकी हुन् । आइतवार दिउँसो २ बजेतिर भएको सो दुर्घटनामा घाईते मुखियालाई पर्सास्थित एक निजी स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि भारततर्फ लगिएको प्रहरी चौकी पर्साले जनाएको छ । ज १२ प १५६९ नम्वरको मोटरसाइकलका चालक प्रहरीको नियन्त्रणमा छन् ।