ब्रम्हपुुरीमा घरेलु मदिरा नष्ट

103

ब्रम्हपुरी –सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा आइतवार अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ ।

प्रहरी चौकी पर्साका सहायक निरीक्षक (असई) रन्जित पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्रम्हपुरी गाउँपालिका–५, पडरियाबाट झण्डै ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । पर्सा प्रहरी चौकीले केही दिनअघि पनि घरेलु मदिरा बरामद गरेर नष्ट गरेको थियो । भारतसँग सीमा जोडिएको त्यस क्षेत्रमा लुकिछिपी अवैध घरेलु मदिराको व्यापार हुने गरेको छ । आफूहरुको ठाउँमा मदिरामा प्रतिबन्ध लगाएपछि भारतीय नागरिक समेत सीमा वारी मदिरा पिउन आउने गरेका स्थानीय वासिन्दाले बताएका छन् ।