हरिवनमा मानसिक रोग उपचार शिविर

482

हरिवन – सर्लाहीको हरिवनमा शनिवार मानसिक रोग सम्वन्धी निःशुल्क स्वास्थ्य तथा परामर्श शिविर सम्पन्न भएको छ ।

उत्तरी भेगको हरिवन, लालबन्दी, बागमती, हरिपुरलगायत क्षेत्रका मानसिक रोगीको निःशुल्क उपचार गरिएको शिविरमा सहभागी भई प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती र बेची लुंगेली, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईलगायतले मन्तव्य राखे । वक्ताहरुले समय सापेक्ष आवश्यक कार्यक्रम आयोजना गरेको भन्दै आयोजकको प्रशंसा गरेका छन् ।