सर्लाहीको हरिपूर्वामा मतदान स्थल नजिकै शक्तिशाली बम

583

हरिपूर्वा – उपनिर्वाचन अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिका वडा न १ मा वडाध्यक्षका लागि भइरहेको मतदान स्थल नजिक शक्तिशाली बम फेला परेको छ ।

वडा नंं. १ को कार्यालय स्थित मतदान स्थलबाट करिब साढे ३ सय मिटर उत्तर पानीखाने लोटा भित्र बम राखिएको थियो । लोटाबाट तार निकालेर मोबाईलमा जोडिएको अबस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोबाईलमा बिहान ८ बजेर ५ मिनेटको समयमा विष्फोट हुने समय समेत मिलाईएको सुरक्षा स्रोतले जनायो ।

सुरक्षा स्रोतका अनुसार फेला परेको बममा पिईके बिस्फोटक पदार्थ भरिएको थियो । बिष्फोट हुनुभन्दा अगाडी नै स्थानीयले बम देखेपछि नेपाली सेना रणशेर गणबाट आएको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो । उक्त बम राती नै राखिएको अनुमान गरिएको छ ।