हरिवनका श्रीराम बलात्कार प्रयास आरोपमा पक्राउ

176

हरिवन – महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवनका एक युवक पक्राउ परेका छन् ।

हरिवन नगरपालिका–७, कुशवाहा टोल निवासी ३० वर्षीय श्रीराम महतोलाई जबरजस्ती करणी उद्योगमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । आफ्नै उमेरकी छिमेकी महिलामाथि मंसिर ९ गते राती जबरजस्ती करणीको प्रयास गरेको आरोपमा महतोलाई पक्राउ गरिएको हो ।

पीडित महिलाको तर्फबाट उजुरी पर्नासाथ महतोलाई पक्राउ गरी अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । श्रीमान वैदेशिक रोजागारीमा रहेका र बालिबालिका मात्रै रहेको घरकी महिलामाथि महतोले राती ९ बजे उनकै घरमा पुगेर करणीको प्रयास गरेको पीडितको तर्फबाट आरोप लगाईएको छ ।