भारतीय मोटरसाईकलको ठक्करबाट बालिका र वृद्ध घाईते

138
सांकेतिक तस्बिर ।

लालबन्दी – दुई छुट्टाछुट्टै भारतीय नम्बर प्लेटको मोटरसाईकलले ठक्कर दिँदा बालिका र वृद्ध घाईते भएका छन् ।

सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित बसवरिया गाउँपालिका–२, धापटोलमा BR-3O J 7995 नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानीय उमेश सहनिको छोरी २ वर्षीया बन्धाना कुमारी गम्भिर घाईते भएकी छिन् । लौकाहा टोलबाट धापटोल तर्फ जादैँ गेरको मोटरसाईकलले विहिबार साँझ ४ बजे ठक्कर दिँदा बालिकाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । बालिकालाई उपचारको लागि बिरगंज तर्फ पठाईएको र ठक्कर दिने मोटरसाईकल एवं चालक नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

त्यस्तै विहिबार दिउँसो पौने ३ बजे सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुर स्थित भित्री सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ जादै गरेको BR-30 M 3373 नम्बरको भारतीय मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ९० वर्षीय मंकर राय घाईते भएका छन् । बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाईकलले पछाडी बाट ठक्कर दिएपछि घाईते भएका रायको जिल्ला अस्पताल मलंगवामा उपचार भईरहेको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक कविलासी नगरपालिका–६, जमुनिया निवासी १९ वर्षीय उमेशकुमार साहलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक साहको सवारी चालक अनुमती पत्र समेत नरहेको प्रहरीले जनाएको छ ।