सर्लाही प्रदेश क्रिकेटको उपविजेता

141

चन्द्रनिगाहपुर – सर्लाही प्रदेश स्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उपविजेता भएको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा विहिबार साँझ सम्पन्न प्रदेश नं. २ स्तरीय प्रतियोगिताको फाइनल खेलमा सप्तरीसँग पराजित भएसँगै सर्लाही उपविजेतामै सिमित भयो । जीतसँगै सप्तरीले एकलाख नगद सहित प्रथम उपाधी हाँसिल ग¥यो भने उपविजेतामा सिमित सर्लाहीले ५० हजार रुपैंयामै चित्त बुझाउनु प¥यो ।

सप्तरीसँग ४७ रनको फराकिलो रनअन्तरले सर्लाही पराजीत भएको छ । टस हारेर पहिला ब्याटिङको निम्ता पाएको सप्तरीले २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय २६ रन बनाएको थियो । १२७ रनको लक्ष्य सहित दोस्रो ईनिङमा ब्याटिङमा उत्रिएको सर्लाहीले १९ ओभर खेल्दै १० विकेट गुमाएर ८० रन मात्र जोड्न सक्यो । सर्लाहीका लागी राजेश पुलामी मगरले ३१ बलमा २१ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक समेत जोडन् सकेनन् । प्रतियोगितामा सर्लाहीका सन्दिप खड्का उत्कृष्ट फिल्डर घोषित भए भने अन्य विधाको उत्कृष्टमा सप्तरीका खेलाडी हाबी भए ।

चन्द्रपुर नगरपालिका–६ स्थित स्वर्गिय शेर बहादुर दर्लामी स्मृती खेल मैदानमा भएको प्रतियोगितामा सर्लाही सहित प्रदेश दुई भित्रका पर्सा, धनुषा, महोतरी, रौतहट, सिराहा, बारा र सप्तरी जिल्लाका क्रिकेट टिमहरु सहभागी थिए ।