हरिवनमा साईकलयात्रीलाई ठक्कर दिएर मोटरसाईकल सहित चालक फरार

173

हरिवन – मोटरसाईकलको ठक्करबाट विहिबार (अहिले) साँझ साँढे ६ बजे एक साईकल यात्री घाईते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११ चापिनी पूल नजिक मोटरसाईकलले ठक्कर दिँदा हरिवन नगरपालिका–१, अत्रौली निवासी करिब ५० वर्षीय जिवस महतो घाईते भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गईरहेका महतोलाई विपरित दिशाबाट आईरहेको मोटरसाईकलले ठक्कर दिएको थियो । टाउकोमा चोट लागि घाईते महतोको नमूना अस्पताल हरिवनमा उपचार भईरहेको छ ।

तिव्र गतिमा रहेको मोटरसाईकलले आप्mनै साईडमा हिँडिरहेको साईकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने मोटरसाईकल भने फरार भएको प्रहरीले जनाएको छ । मोटरसाईकल लिएर फरार भएका चालकको खोजी भईरहेको प्रहरीले जनायो ।