हरिपूर्वामा काँगे्रसको चुनावी सभा सम्पन्न

152

हरिपूर्वा–सर्लाहीको हरिपूर्वा नगरपालिका–१, मा मंगलवार नेपाली काँगे्रसले चुनावी सभा सम्पन्न गरेको छ ।

त्यहाँ मंसिर १४ मा हुन लागेको उप–निर्वाचनलाई मध्यनजर गर्दै काँगे्रसले मंगलवार सभा आयोजना गरेको हो । सभालाई काँगे्रस नेताहरु एवं पूर्व मन्त्री महेन्द्र यादव, रामकृष्ण यादव लगायतले सम्वोधन गरेका छन् । उनीहरुले काँगे्रसको तर्फबाट वडाध्यक्षका उम्मेद्वार रामपृत पासवानलाई मतदान गर्न सभा मार्फत स्थानीय वाषिन्दासँग आग्रह गरे । उपनिर्वाचन अन्तर्गत दलहरुले प्रचार प्रसारका लागि अब आज (बुधवार) एक दिन मात्रै पाउँछन् ।

त्यसपछि चुनावको मौन अवधी सुरु हुन्छ । प्रचार प्रसारको अन्तिम घडीमा हरिपूर्वा नगरपालिका–१, को वडाध्यक्षका लागि उम्मेद्वारी दिएका उम्मेद्वारहरु मत माग्दै घरदैलोमा ब्यस्त छन् ।