रामनगरमा आगो लाग्यो

193

रामनगर – सर्लाहीको रामनगर गाउँपालिकामा बुधबार बिहान भएको आगलागीबाट साँढे दुई लाख रुपैंया बराबरको धनमाल क्षति भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र रामनगर गाउँपालिका–२ स्थित ईनर्वा टोला निवासी ईन्दल रामको कच्ची घरमा आगलागी भएको हो । कच्ची घर सहित घरभित्र रहेको अनाज, लत्ताकपडा सबै नष्ट हुँदा साँढे दुईलाख बराबरको धनमाल नष्ट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतित सिंह राठौरले जानकारी दिए । प्रहरीका अनुसार बिहान सातबजे भएको आगलागीमा परेर दुईवटा बाख्रा समेत मरेका छन् । स्थानिय बासिन्दा र सुरक्षाकर्मीको सकृयतामा नियन्त्रणमा लिईएको आगो कसरी लागेको लगायत बारेमा विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।