माहुरीले टोकेर गम्भीर घाईते

146

कौडेना– सर्लाहीको कौडेना गाउँपालिका–२, इनर्वा टोलमा मंगलवार दिउँसो माहुरीले टोकेर एक युवक गम्भीर घाईते भएका छन् ।

माहुरीले टोकेर स्थानीय रामपरीक्षण रायका १६ वर्षीय छोरा धर्मेन्द्र कुमार राय घाईते भएका हुन् । माहुरीले शरीरका विभिन्न भागमा टोकेर घाईते धर्मेन्द्रको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही दिन अघिमात्रै मलंगवा नगरपालिकाको सानो मुसैलीमा माहुरीले टोकेर तीन वर्षका बालकको मृत्यु भएको थियो भने केही मानिस घाईते भएका थिए ।

यसैबीच भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिका–२, पकडीगोठमा घर प्लास्टर गर्ने क्रममा लडेर एक मिस्त्री गम्भीर घाईते भएका छन् । स्थानीय रवीन्द्र रायको घर प्लास्टर गर्दै गर्दा बाँसको भ¥याङबाट लडेर मलंगवा नगरपालिका–३, बस्ने ४६ वर्षका राजनारायण राय घाईते भएका हुन् । घाईते रायलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि भारतको सीमामढीतर्फ लगिएको प्रहरीले जनाएको छ ।