हरिवनमा खेलौना बनाउने तालिम सुरु

122

सर्लाही–सन्जु कर्ण, सर्लाहीको हरिवनमा सोमवारबाट कुशन तथा खेलौना बनाउने ६० दिने तालिम सुरु भएको छ ।

हरिवन नगरपालिका वडा नम्वर ८ को लक्षित वर्गको बजेटबाट तालिम आयोजना गरिएको हो । तालिमको सोमवार जनचेतना महिला समूहकी अध्यक्ष अनु ढुंगेलको अध्यक्षतामा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले उद्घाटन गरे । तालिममा वडा नम्वर ८ भित्रका ६० जना महिला सहभागी भएका समूहकी कोषाध्यक्ष अन्जना सुवेदीले जानकारी दिईन् ।

तालिम उद्घाटनमा हरिवन–८, का वडाध्यक्ष यज्ञविनोद ढुंगेल, हरिवन–१०, का वडाध्यक्ष शम्भु मैनाली, नेकपाका नेता चुडामणि वाग्ले लगायतको आतिथ्यता थियो । महिलाको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको समूहकी सचिव अन्जना कडरियाले बताईन् ।