मोटरसाइकलको ठक्करबाट घाईते वृद्धको मृत्यु

108

सर्लाही–८ दिन अघि सर्लाहीको कविलासी नगरपालिका–३, मदनपुरमा मोटरसाइकलको ठक्करबाट घाईते भएका वृद्धको सोमवार मृत्यु भएको छ ।

मंसिर १ गते मोटरसाइकलको ठक्करबाट घाईते भएका कविलासी नगरपालिका–४, हेमपुरका ८५ वर्षीय बली रायको सोमवार मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका रायलाई वीरगञ्जमा उपचार गराई मंसिर ७ गते घर ल्याइएको थियो । सोमवार पुनः घाईतेले अहसज महसुस गरेपछि उपचारका क्रममा जनकपुरतर्फ लाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलका चालक मदनपुरकै १६ वर्षीय रमेश राय घाईते भएका छन् ।

उनको भारतको सीतामढीमा उपचार भइरहेको परिवारले बताएका छन् । दुर्घटनामा परेको मोटरसाइकलको नम्वर प्रष्ट हुन सकेको छैन् । ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) रमेश पालले घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको बताए ।