जन्मदिनमा आश्रममा खाद्यान्न सहयोग

145

सर्लाही–जन्म दिनको अवसरमा सर्लाही लालबन्दीका तिर्थप्रसाद दुलालले सोमवार बिहान पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रम जुटपानीमा भोजनका लागि खाद्यान्न सहयोग गरेका छन् ।

मकवानपुर हेटौंडा समेत घर भएका लालबन्दी डुमडुमे निवासी दुलालले ७५ वर्ष पुरा भइ ७६ वर्षमा प्रवेश गरेको अवसरमा आश्रममा खाद्यान्न प्रदान गरेका हुन् । दुलालले २५ किलो चामल, ५ किलो आलु, १ लिटर तेल, दाल, नुन, बेसार उपलब्ध गराउनु भएको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् । साथै दुलालेले आश्रमका बुबा आमालाई दक्षिणा समेत प्रदान गरेका आश्रमले जनाएको छ ।