अर्किडलाई उपाधि

137

सर्लाही–सर्लाहीको हरिवनमा आयोजित नगर स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि अर्किड आवासिय विद्यालयले जितेको छ ।

फाइनल प्रतिस्पर्धामा चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयलाई २९ रनले पराजित गर्दै अर्किडले उपाधि उचालेको हो । हरिवन सिटी क्लबको आयोजनामा सुखेपोखरी खेल मैदानमा भएको प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई समाजसेवी भरतकुमार कार्कीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको क्लबका अध्यक्ष बिनेस कार्कीले जानकारी दिए । प्रतियोगिताको सोमवार बिहान हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले उद्घाटन गरेका थिए । बिहान उद्घाटन गरी अपरान्ह समापन गरिएको प्रतियोगितामा हरिवन नगरपालिका भित्रका ६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।