अनेरास्वबियुको प्रदेस २ स्तरयि बैठक सम्पन्न

सर्लाही–अनेरास्वबियुको प्रदेस २ स्तरयि बैठक आइतवार सर्लाहीको हरिवनमा सम्पन्न भएको छ । बैठकमा बिभिन्न बिषमा केन्द्रित रहेर छलफल गरिएको छ ।

नेपाल कमिन्युषिट पार्टी नेकपाका केन्दिय सदस्य तथा प्रदेस २ का सचिव सुमन राज प्याकुरेल, केन्दिय सदस्य डाचाराज वाग्ले सर्लाही जिल्ला अध्यक्ष रेवती पन्त, अनेरास्वबियुकी केन्द्रिय सचिव आरती लामा, आठ वटै जिल्लाका जिल्ला अध्यक्ष, नेता, कार्यकर्ता, बिद्यार्धी लगायतको उपस्थितीमा बैठक सम्पन्न भएको हो । बैठकले यहि मंसिर १० बाराको निजगढमा हुन लागेको आमसभामा कार्यकर्ता धेरै भन्दा धेरै उतार्ने, उप निर्वाचनमा अखिललाई परिचालन गर्ने, मेडिकल कलेजहरुले बिद्यार्र्धीहरुसँग धेरै शुल्क लिईरहेको हुँदा त्यस्ता मेडिकल कलेजका संचालकहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्ने जस्ता निर्णय गरेको छ । सम्बृद्ध प्रदेस निर्वाणको निम्ति हुने आमसभामा नेपाल कमिन्युषिट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डलगायतले सम्बेधन गर्ने अनेरास्वबियुकी केन्द्रिय सचिव आरती लामाले जानकारी दिईन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!