मोटरसाइकलको ठक्करबाट दास घाईते

126

सर्लाहीको हरिपूर्वा नगरपालिका–९, बसन्तपुरमा मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाईते हुनु भएको छ ।

संग्रामपुरबाट श्रीनगरतर्फ आइरहेको बीआर ३० जे ४४११ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री हरिपूर्वा नगरपालिका–९, बसन्तपुरका २९ वर्षीय निरन्जन दास घाईते हुनु भएको हो । घाईते दासको जनकपुरमा उपचार भइरहेको प्रहरी चौकी गौरीशंकरले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक पर्सा गाउँपालिका–२, संग्रामपुरका ४५ वर्षीय राम भरोस रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको भित्री कच्ची सडकमा ट्राफिक नियमको पालना नगरी तीव्र गतिमा मोटरसाइकल चलाइँदा दुर्घटनाका घटना बढिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।