क्वीन्स कप : खेलाडीको बिदाई

128

सर्लाही–क्वीन्स कप अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबलमा प्रदेश २ बाट छनौटमा परेको सर्लाहीको एक विद्यालयका खेलाडीलाई बिदाई गरिएको छ ।

प्रतियोगिताको प्रदेश स्तरीय प्रतिस्पर्धामा पहिलो भई राष्ट्रिय स्तरमा छनौट भएको नारायण माध्यमिक विद्यालय लालबन्दी नगरपालिका–१२, पत्थरकोटका खेलाडीलाई शनिवार बिदाई गरिएको हो । लालबन्दी नगरपालिकाको सभा हलमा नगरप्रमुख मानबहादुर खड्का, उपप्रमुख शान्ति लामा, लालबन्दी नगरापलिका–७, का वडाध्यक्ष सुरेन्द्र न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण गुर्मछान, प्रधानाध्यापक ऋषिराम सुवेदी, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण जोशी लगायतले खादा र अबिर पहि¥याएर बिदाई गरेका हुन् ।

उनीहरुले खेलाडीलाई अनुशासित भई खेल प्रदर्शन गरी राष्ट्रिय बिजेता भएर फर्कन शुभकामना व्यक्त गरेका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना, राष्ट्रिय खेलकुद परिषद्को समन्वय र चौधरी ग्रुपको प्रायोजकत्वमा आइतवारबाट एन्फा कम्प्लेक्स सातदोबाटो, ललितपुरमा प्रतियोगिता अन्तर्गत छात्रतर्फको खेल सुरु हुँदैछ । प्रतियोगितामा नारायण माध्यमिक विद्यालयले आइतवार दिउँसो साँढे १ बजे भक्तपुर अङ्गे्रजी आवासिय विद्यालयसँग प्रतिस्पर्धा गर्नेछ ।