२७ वर्षसम्म कार्यरत प्रअको भव्य विदाई

139

सर्लाही-सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर धर्मशाला टोलमा रहेको जनता प्राथमिक विद्यालयमा २७ वर्षसम्म कार्यरत प्रधानाध्यापकलाई सुक्रवार भव्य बिदाई गरिएको छ ।

उमेर हदका कारण अनिवार्य अवकाश पाएका प्रधानाध्यापक सुकन महतोलाई फूलमाला, अबिर, खादा र कपडा पहि¥याएर बिदाई गरिएको हो । धनुषाको बटेश्वर घर भएका महतो २०४९ सालदेखि सो विद्यालयमा अनवरत रुपमा प्रअको रुपमा कार्यरत थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश महतोको अध्यक्षता एवं ईश्वरपुर–१३, का महिला वडा सदस्य गंगामाया श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित बिदाई कार्यक्रममा नयाँ प्रधानाध्यापक राजेन्द्र महतो लगायत सहभागी भएका थिए ।