स्काभेटरमा आगजनी गर्ने विप्लवका कार्यकर्ता पक्राउ

95

सर्लाही-स्काभेटरमा आगजनी गरेको आरोपमा सर्लाही प्रहरीले प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।

गत वैशाखमा सर्लाहीको बागमती नदीमा राखिएको स्काभेटरमा आगजनी भएको थियो । सो घटनामा संलग्न भई फरार रहेका हरिवन नगरपालिका–६, का ३० वर्षीय पवन महतोलाई सिन्धुली बजारबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए । महतो सिन्धुली बजार क्षेत्रमा लुकिछिपी बसिरहेको सुराकी पाएर गएको प्रहरीले विप्लव समूहका कार्यकर्ता महतोलाई नियन्त्रणमा लिएको हो ।

स्काभेटरमा आगजनी गरेको घटनामा संलग्न राजन बस्नेतलाई प्रहरीले यस अघि नै पक्राउ गरेको थियो । उनी पुर्पक्षमा कारगार चलान भएका सर्लाही प्रहरीले जनाएको छ । आगजनीमा संलग्न भइ फरार रहेका अन्य तीन जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।