विद्यार्थीद्धारा आश्रमका वृद्धवृद्धालाई भोजन

337

सर्लाही-सर्लाहीको जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमूना वृद्धा सेवा आश्रममा सुक्रवार विद्यार्थीहरुले मिष्ठान भोजन गराएका छन् ।

लालबन्दी नगरपालिका–५, मा रहेको एभरेष्ट आवासिय विद्यालयको कक्षा ११ का विद्यार्थीले आफ्नै खर्चमा आश्रममा आश्रित बुवा आमालाई सुक्रवार बिहानको भोजन गराएका हुन् । उनीहरुले आमाहरुलाई न्यानो सुरुवाल, बुवाहरुलाई टोपी र मोजा तथा बालबालिकालाई न्यानो कपडा समेत प्रदान गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिए । आफै उत्पे्ररित हुँदै आश्रममा पुगेर बुवा आमालाई भोजन गराएर न्यानो कपडा वितरण गरेको भन्दै आश्रमका संरक्षक बासुदेव शरण कोइराला लगायतले विद्यार्थीहरुलाई धन्यवाद दिँदै उज्वल भविष्यको कामना गरे ।