पोखरीमा डुबेर मृत्यु

199

सर्लाही-सर्लाहीको बरहथवा नगरपालिका–३, हजरिया लालदियर टोलमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

गाउँघरमा नाच देखाएर हिँड्ने पर्साको वीरगञ्ज महानगरपालिका–१६, नगवा घर भएका २५ वर्षीय अनुवर कुमार कुशवाहाको पोखरीमा डुबेर मृत्यु भएको हो । कपडा धुँदै गर्दा पोखरीमा डुबेका कुशवाहाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हजरियाले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको हजरियाका प्रहरी नायब निरीक्षक (सई) प्रमोद कुमार साहले जानकारी दिए ।