पूर्व सांसद साहद्धारा आफ्नो क्षेत्रमा ३ सय कल गाडिदिने

1365
फोटो क्याप्सन : चक्रघट्टामा चापाकल हस्तान्तरण गर्दै पूवं सांसद नरेन्द्र साह । (तस्बिर : उज्यालो अभियान)

सर्लाही–पूर्व सांसद नरेन्द्र साहले आफ्नो क्षेत्रमा तीनसय चापाकल वितरण गर्ने भएका छन् । २०७४ सालको संघीय सांसदमा आफूले स्वतन्त्र उम्मेद्वारी दिएको क्षेत्र नं. ३ मा साहले चापाकल वितरण गर्ने भएका हुन् ।

उनले तीन नम्वर क्षेत्रमा पर्ने विभिन्न स्थानीय तहका ५१ वडामा न्यूनतम पाँच–पाँच वटाका दरले आफ्नै खर्चमा चापाकल गाड्ने भएका हुन् । सो अभियानको सोमवार चक्रघट्टा गाउँपालिका–४ र ५ बाट सुरुवात गरिएको छ । पूर्व सांसद् साहले दुवै वडाका वडाध्यक्षलाई छ–छ थान चापाकल हस्तान्तरण गरी अभियानको सुरुवात गरेका छन् ।

चक्रघट्टा क्षेत्रमा स्थानीय वासिन्दाले ४०–५० फिट गहिराइको अत्यधिक आर्सनिक भएको पानी पिइरहेकाले आवश्यकता अनुसार तीनसय फिट सम्म पाईप गाडेर पानी निकाल्दै खानेपानीको व्यवस्था गर्न चापाकल वितरण अभियान थालिएको पूर्व सांसद् साहले जानकारी दिए । २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फबाट संविधान सभा सदस्य बनेका साहले २०७४ सालको प्रतिनिधि एवं प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

हाल होटल र पयर्टन व्यवसायमा संलग्न पूर्व सांसद साहले विभिन्न सामाजिक काम गर्दै आएका छन् । निर्वाचनमा पराजित भएपनि साहले स्थानीय सर्वसाधारण, प्रहरी–प्रशासन तथा स्थानीय तहलाई भौतिक पूर्वाधार निर्माण सहित विभिन्न सामग्री सहयोग हस्तान्तरण गर्दै आएका छन् ।
उनले आइतवार मात्रै बरहथवा नगरपालिकालाई सय थान डष्टबिन र सर्लाही प्रहरीलाई १६ थान सीसी क्यामेरा प्रदान गरेका थिए । साहले केही समय अघि मात्र आप्mनो क्षेत्र भित्रका सम्पूर्ण नेपाल प्रहरीका ईकाईलाई साईरनयुक्त साईकल समेत प्रदान गरेका थिए ।