पूर्व सांसद साहले दिए नगरपालिकालाई डस्टबिन र प्रहरीलाई सिसि क्यामेरा

तस्बिर ः सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई सिसि क्यामेरा हस्तान्तरण गर्दै पूर्व सांसद नरेन्द्र साह । तस्बिर ः घनश्याम बलम्पाकी

पूर्व सांसद तथा समाजसेवी नरेन्द्र साहले र बरहथवा नगरपालिकालाइ डस्टविन र सर्लाही प्रहरीलाई सिसि क्यामेरा प्रदान गरेका छन् ।

उनले सामाजिक उतरदायित्व अन्तर्गत आइतवार दिउँसो सर्लाहीको बरहथवा नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रमको बीच बरहथवा नगरपालिकाका प्रमुख (मेयर) देवानन्द महतोलाइ ५० थान कुहिने र ५० थान नकुहिने गरि १०० थान डस्टविन र सर्लाहीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईलाई १६ थान सिसि क्यामेरा हस्तान्तरण गरेका हुन । साहले हस्तान्तरण कार्यक्रममा बोल्दै बरहथवा बजारलाइ सफा राख्न डस्टविन र समाजमा अपराधिक र उच्छृंखल गतिविधि न्यूनिकरण होस भन्ने उद्देश्यले प्रहरीलाई सिसि क्यामेरा प्रदान गरेको बताए । पर्याप्त श्रोत साधनको बावजुद पनि प्रहरीले अपराध नियन्त्रणको गतिवीधि गर्दै आएको भएपनि सिसि क्यामेराको अभावमा प्रहरीले घट्ना घटेको ठाउँमा समयमै सेवा पु¥याउन नसकेको भन्दै आफुले सिसि क्यामेरा प्रदान गरेको साहले बताए ।

त्यस्तै बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले पसल र घरबाट निस्कने पोहोरजन्य सामाग्री डस्टविनको प्रयोगले बरहथवा बजार सफा र सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले पूर्व सांसद साहलाइ धन्यवाद दिए । हस्तान्तरण गरिएका सिसि क्यामेरा बागमती नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय कर्मैया र बरहथवा नगरपाकिा हिरापुर स्थित इलाका प्रहरी कार्यालयमा ८÷८ थान जडान गरिने सर्लाही प्रहरी प्रमुख गोपालचन्द्र भट्टराइले बताए । साहले आइतवार प्रदान गरेको सिसि क्यामेराको सहायताले अपराध न्यूनिकरण गर्दै समाजमा सुशासन कायम गर्न सहयोगी सिद्ध हुने बताए । दुइ बर्ष अघिपनि पूर्व सांसद साहले इलाका प्रहरी कार्यालय बरहथवालाइ ३० थान सिसि क्यामेरा प्रदान गरेका थिए । साहले दुई महिनाअघि दशैं ताका सर्लाही प्रहरीलाई ६० थान साइकलजडित साइकल प्रदान गरेका थिए । विभिन्न प्रहरी कार्यालयमा रहेका ती साइकलमा अहिले प्रहरीले गस्ती गरिरहेका छन् ।