परवानिपुरमा पाँचौ वडाध्यक्ष कप फुटबल सुरु, वडा नं. १६ को बिजयी सुरुवात

परवानिपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानिपुरमा बुधबारबाट पाँचौ वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

परवानिपुरस्थित मिरमिरे युवा क्लबको खेल मैदान भोर्लेनीमा सुरु भएको प्रतियोगिताको लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापाको अध्यक्षतामा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले उद्घाटन गरेका छन् । उपमेयर कल्पनामाया पाख्रिन विशिष्ठ अतिथि रहेको प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व मेयर मानबहादुर खड्का, वडा नं. १७ का वडाध्यक्ष विष्णु अधिकारी, प्रभुनारायण शिवाकोटी (श्याम), बिभुसिंह थापालगायतले मन्तव्य राखे ।

असोज १५ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता वडाले ७० हजार र उपबिजेता वडाले ३५ हजार पुरस्कार प्राप्त गर्ने छन् । लालबन्दी नगरपालिका १६ को आयोजना तथा मिरमिरे युवा क्लबको सहआयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा वडा नं. ११ लाई एकका विरुद्ध तीन गोल गर्दै आयोजक वडा नं. १६ ले बिजयी सुरुवात गरेको छ ।