मलंगवाका वीरेन्द्र लालबन्दीबाट गाँजा सहित पक्राउ

लालबन्दी – मलंगवाका वीरेन्द्र चाैधरी लागूऔषध गाँजा सहित मंगलबार दिउँसाे लालबन्दीबाट पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका-५ निवासी घन वहादुर सार्कीको घरमा डेरा गरि वस्ने दिलिप साहको कोठामा मलगंवा नगरपालिका-९ निवासी ४९ वर्षीय वीरेन्द्र चौधरीलाई लागूऔषधकाे रुपमा प्रयाेग हुने ५ किलो गाँजा सहित पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएकाे छ । चाैधरीलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कार्बाही प्रकृया अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।