सर्लाही कांग्रेसद्वारा जनप्रतिनिधि र पत्रकारलाई सम्मान

साेमबार दिउँसाे नेपाली कांग्रेस सर्लाहीद्वारा आयाेजित जनप्रतिनिधि सम्मान कार्यक्रममा कविलासी नगरपालिकाका मेयर ब्रम्हदेव रायलाई सम्मान गरिँदै ।
साेमबार दिउँसाे मलंगवा स्थित जिससकाे सभाहलमा कांग्रेस क्षेत्र नं. २ द्वारा जनताकाे साथमा कांग्रेस अभियान अन्तर्गत आयाेजित कार्यक्रमका सहभागी । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा – नेपाली कांग्रेस सर्लाहीले जिल्ला स्थित विभिन्न पालिकामा आफ्नाे पार्टीबाट निर्वाचित मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष तथा वडाध्यक्षहरुलाई सम्मान गरेकाे छ ।
सदरमुकाम मलंगवा स्थित कुसुम पार्टी प्यालेसमा एक कार्यक्रमकाे आयाेजना गर्दै कांग्रेस जिल्ला कार्यसमितिले जनप्रतिनिधिलाई सम्मान गरेकाे हाे । साेही अवसरमा कांग्रेसले नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री सहित सम्पूर्ण पदाधिकारी तथा सदस्य केन्द्रीय परिषद् सदस्य कृष्ण कुमार एस्माली सहित केन्द्रीय परिषद् सदस्य, प्रदेश परिषद् सदस्य, मधेश प्रदेश समितिमा सर्लाहीबाट निर्वाचित सचिव अजित कुमार सिंह, काेषाध्यक्ष विश्वनाथ ठाकुर, सदस्यद्वय शंकर श्रेष्ठ र सन्ताेष सिंहलाई सम्मान पत्र सहित सम्मान गरेकाे थियाे । त्यस्तै प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलियालाई समेत कांग्रेसले सम्मान गरेकाे छ ।

कांग्रेसबाट स्थानीय तह निर्वाचनमा निर्वाचित १२ वटा पालिकामा मेयर/अध्यक्ष तथा ११ पालिकामा उपमेयर/उपाध्यक्ष एवं ७४ जना वडाध्यक्षलाई सम्मान गरिएकाे कांग्रेस सर्लाहीका सचिब एवं कार्यक्रम संचालक निराेज कार्कीले जानकारी दिए । कांग्रेस सर्लाहीले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिलाई सम्मान गरेकाे हाे । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख काैशल किशाेर सिंह सहित समन्वय समितिमा निर्वाचित सदस्यहरुलाई समेत सम्मान गरिएकाे छ ।

जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको अध्यक्षता तथा जनताकाे साथमा कांग्रेस अभियान अन्तर्गत केन्द्रीय प्रतिनिधि दिनेश कुमार यादवकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, पूर्व जिल्ला सभापति नागेन्द्रकुमार राय, मधेश प्रदेश समितिका उपसभापति एवं मधेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंह लगायतकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

यसैबीच, सदरमुकाम मलंगवामा साेमबार नै ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत क्षेत्र नं. २ को प्रतिनिधि सभा क्षेत्रीय भेला सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभा हलमा जनताको साथमा कांग्रेस अभियानका सर्लाही प्रतिनिधि दिनेशकुमार यादवको प्रमुख आतिथ्यतामा भेला गरिएको कांग्रेस क्षेत्र नं. २ का सभापति कौशलकिशोर रायले जानकारी दिए । दुईवटा कार्यक्रम एकै समयमा पर्दा गुट-उपगुटकाे कडा टकराव स्पष्ट झल्किएकाे थियाे । दुई किलाेमिटर पेरिफेरिमा दुवै कार्यक्रम भएपनि नेतृत्व तहका एक पक्षलाई अर्काे पक्षकाे कार्यक्रमकाे बारेमा खाेजखबर नै थिएन ।